‘नाईं नभन्नू ल ६’को ‘दिउँला माया’ गीतमा आशिर्वाद र आँचलको प्रेम

नयाँ वर्षको अवसर पारेर आगामी बैशाख १ गतेबाट प्रदर्शन हुन लागेको ‘नाईं नभन्नू ल ६’को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार भएको ‘दिउँला माया’ बोलको रोमान्टिक थिमको गीतमा फिल्मका प्रमुख डेब्यू अभिनेता आशिर्वाद क्षेत्री र अभिनेत्री आँचल शर्मा फिचर्ड छन् । शरद शंकर र बेनिशा पौडेलको युगल स्वर रहेको गीतमा निर्देशक आचार्य स्वयंको शब्द र गायक शंकरको संगीत छ ।

विकासराज आचार्यद्वारा निर्देशित ‘नाईं नभन्नू ल ६’मा आँचल र आर्शिवादसँगै प्रियंका कार्की, केकी अधिकारी, सरोज खनाल, योगिशा खत्री, अर्थव उप्रेती, एभलिना खड्कालगायतको अभिनय छ । अथर्व अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुईंटेलका छोरा हुन् । चलचित्रमा उनी नव-अभिनेता आर्शिवाद क्षेत्रीको बाल्यकालको भूमिकामा देखिनेछन् । एभलिना भने टिकटकमा निकै हिट छिन् । आख्यान फिल्म्सको ब्यानरमा सिविन दाहाल र सञ्जय न्यौपाने निर्माता रहेको चलचित्रमा आशीर्वाद र आँचलको जोडी बाँधिएको छ ।

त्यस्तै,‘नाईँ नभन्नू ल’को दोस्रो श्रृंखलादेखि आवद्ध कलाकार अनुभव रेग्मी छैटौं सिरिजमा केमियो भूमिका मात्र रहनेछ । विकासराज आचार्य र सामिप्यराज तिमल्सिनाको कथा रहेको यस चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन छ ।

आख्यान फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मको निर्मातामा विकासराज आचार्य र विष्णुमणि दाहाल छन् भने सञ्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान कार्यकारी निर्मातामा छन् । फिल्ममा हिमाल केसीको द्वन्द्व निर्देशन, सन्देश शाहको सम्पादन, एलिस कार्कीको ब्याकग्राउन्ड स्कोर, कविराज गहतराज र मनोज विश्वकर्माको कोरियोग्राफी रहेको छ ।

Leave a Reply