सुरक्षा र नरेनको ‘बुलाकी’ को ट्रेलर सार्वजनिक

आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बुलाकी’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर चलचित्रका तीन प्रमुख पात्रहरु सुरक्षा पन्त, नरेन खड्का र विराज विष्टमा केन्द्रित छ ।

सविन सेञ्चुरी र बादल थापाको शब्द रचना तथा संगीत रहेको सार्वजनिक गीतमा बादल थापाको स्वर सुन्न सकिन्छ । टोपेन्द्र विष्टले निर्माण गरेको चलचित्रलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् ।
चलचित्रमा कर्णालीको ग्रामीण जीवन, रितिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अबरोहलाई प्रस्तुत गरिएको छ ।

रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइका अलवा प्रकाश कँडेल र सरस्वती खत्रीले बुलाकीबाट नेपाली सिनेमा क्षेत्रमा डेव्यु गर्दैछन् ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व.मोति बिष्टको प्रस्तुति रहेको सिनेमा शिब ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको सिनेमामा राज बहादुर सानेको कथा, राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता बिष्ट पटकथा तथा संवाद रहेको छ । डोल्पा, जाजारकोट र रुकुम पश्चिमका रमणीय स्थानमा खिचिएको चलचित्रको बितरण त्रिनेत्रम् र एफडी गर्दैछन् ।

Leave a Reply