‘अस्तित्वको लडाई’मा सुनिल,प्रशान्त र सम्पदा

चलचित्र ‘अस्तित्वको लडाईं’ को शुभ साइत गरिएको छ । मकवानपुर जिल्लाको चैनपुर राक्सिराङमा एक भव्य समारोहका बीच बिहिबार चलचित्रको मुहूर्त गरिएको हो । गोविन्द गौतमको निर्देशनमा बन्न लागेको चलचित्रको कथा पनि उनले नै लेखेका हुन् । चलचित्रको छायांकन तिहारपछि सुरु हुने बताइएको छ। सरिता ढुंगाना निर्माता रहेको यो चलचित्रलाई चेपाङ्ग समाजले निर्माण गर्न लागेको हो । यो चलचित्रमा प्रशान्त तामाङ, सुनिल थापा, सम्पदा बाँनियाको मुख्य भूमिका रहने बताइएको छ ।

Leave a Reply