‘चिसो मान्छे’ले तीन दिनमा कमायो १ करोड २८ लाख

निर्देशक दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘चिसो मान्छे’ प्रदर्शन भइरहेको छ । एकल प्रदर्शनमा आएको चलचित्रले मल्टीप्लेक्स र सिंगल थिएटरमा सुखद् शो पाएको थियो। स्वस्तिमा खड्का र अर्पण थापा स्टारर चलचित्रले घरेलु बक्स अफिसमा पहिलो दिन ४१ लाख रूपैयाँ कमाउँदै राम्रो ‘ओपनिङ’ गरेको थियो। चलचित्रले शनिबार ६२ लाख र आइतबार २५ लाख ग्रस कमाइ गरेको प्राप्त छ । चलचित्रको तीन दिनको कमाइ १ करोड २८ लाख रुपैयाँ ग्रस रहेको छ ।

चलचित्रले विदेशबाट आएको शव गाडीमा लिएर काठमाडौंदेखि बजुरासम्मको यात्रा गरेका तीन पात्रको कथा भन्छ । चलचित्रमा स्वस्तिमाले बाजुराको अति विपन्न विवाहित महिलाको भूमिका निर्वाह गरेकी छन् । शुक्रबार नेपालसहित अमेरिका र माल्टामा समेत चलचित्र रिलिज भएको हो । चलचित्रल दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ।

‘आमा’ निर्मात्री शर्मिला पाण्डेको एकल लगानीमा निर्माण भएको चलचित्रको कथा, पटकथा, संवाद र छायांकन दीपेन्द्र के. खनाल आफैंको हो । चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।
चलचित्रमा देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, संजोग रसाइली, पुष्पा अवस्ती, सृष्टि आचार्य, विकास खनाललगायतको अभिनय रहेको छ । चलचित्रले मानिसहरुमा देखिएको नैराश्यताको कथा भन्नेछ । चलचित्रको छायांकन सुदूरपश्चिमका विभिन्न भेगमा भएको हो ।

Leave a Reply