प्रकाश सुवेदीले आफ्नो गल्ती स्वीकार्दै मागे माफी(भिडियो)

केही दिन अघि सञ्चारकर्मी प्रकाश सुवेदी राष्ट्रिय टेलिभिजनमा अपशब्द प्रयोग गरेको भन्दै उनको आलोचना भइरहेको छ । पछिल्लो श्रृंखलामा उनले कसैको नाम नलिइ ‘दारा’ शब्द प्रयोग गरेका थिए । अभिनेत्री पूजा शर्माले उक्त शब्द आफूप्रति लक्षित रहेको भन्दै आइतबार चलचित्र कलाकार सङ्घमा पुगेर उजुरी दिएकी छिन् । आइतबार पूजाले विभिन्न फिल्म सम्बद्ध संघ संस्थामा उजुरी दिएपछि सोही साँझ पत्रकार सुवेदीले यूट्युबमा एक भिडियो सार्वजनिक गर्दै माफी माग्दै आफूले बोल्नै नहुने शब्द बोलेको स्वीकार गरेका छन् ।

उनले भनेका छन्, ‘कार्यक्रममा व्यक्त गरिएका मेरा भावनाहरु व्यक्ति विशेषप्रति लक्षित थिएन । प्रतिकात्मक रुपमा व्यक्त गरिएका विचारहरु थिए । मेरो भन्ने शैली अलि फरक भयो होला । मैले भन्ने खोजेको कुराको अर्थको अनर्थ लाग्न गयो होला । मेरो मुखबाट फुत्किएको दारा भन्ने शब्द वास्तवमा फुत्किनु हुँदैन थियो । गल्ती भयो । भविष्यमा शब्द चयन गर्दा ध्यान पुर्‍याउनेछु ।’ क्यामेरा पछाडि आफूले केही फिल्मकर्मीलाई यीनै शब्द प्रयोग गरेर जिस्कने गरेको भएता पनि क्यामेरा अगाडि यी शब्द बोल्न नहुने र आफूबाट गल्ती भएको उनले स्वीकारेका छन् । ‘म चुकेकै हो । मैले माफी माग्नै पर्छ । तर, मेरो भनाई कसैप्रति लक्षित थिएन । यस्ता शब्दहरु नेपाली फिल्ममा बढि बोलिने भएका कारण मलाई बानी परेको होला । माफी चाहन्छु,’ उनले भनेका छन् । हेर्नुहोस् भिडियो:

Leave a Reply