केकी र निराजनको जोडी ‘कहानी तिम्रो मेरो’मा फाइनल

निर्देशक विशाल भण्डारीले नयाँ चलचित्र बनाउने भएको छ । चलचित्र ‘कोहलपुर एक्सप्रेस’ पछि कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सुरु गरेका उनले कोरोनाको महामारी सामान्य भएपछि आफ्नो निर्देशनमा चलचित्र ‘कहानी तिम्रो मेरो’ बनाउन लागेका हुन् । चलचित्रका लागि मुख्य भूमिकामा अभिनेत्री केकी अधिकारी र अभिनेता निराजन प्रधानलाई अनुबन्ध गरिएको छ । केही म्यूजिक भिडियोमा एकसाथ काम गरेका केकी र निराजनको चलचित्रमा भने पहिलो पटक जोडी बाँधिएको हो । थ्री प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रका लागि मुख्य भूमिकामा अन्य दुई कलाकारको पनि खोजी भइरहेको छ । हाल चलचित्रको स्क्रिप्ट र गीत-संगीतमा काम भइरहेको छ ।

 

 

Leave a Reply