ओ माई गडकाे सिक्वेलमा अक्षयसंग पङ्कज अनुबन्धित

सन् २०१२ मा रिलिज भएको हिन्दी चलचित्र ‘ओ माई गड’ को सिक्वेल निर्माण हुने भएको छ । ओ माई गडमा धर्मको नाममा व्यापार र अन्धविश्वास छरिएको कुरालाई व्यङ्ग्यात्मक शैलीमा देखाइएको थियो । चलचित्रमा परेश रावल र अक्षय कुमार मुख्य भूमिकामा थिए ।

तर चलचित्रकाे सिक्वेलमा भने परेशको ठाउँमा पङ्कज त्रिपाठीलाई अनुबन्ध गरिएको छ । रिपोर्टका अनुसार ‘ओएमजी’ को सिक्वेलमा अक्षय पहिलो भागमा झैँ भगवान कृष्णको भूमिकामा देखिने छ्न् भने पङ्कजलाई एक नास्तिकको भूमिकामा देख्न सकिने अनुमान गरिएको छ । कोरोना महामारीको अवस्था सामान्य रहे चलचित्र सेप्टेम्बर महिनाबाट फ्लोरमा जाने बताइएको छ । चलचित्रको प्रि-प्रोडक्सनको काम सुरु भइसकेको भारतीय मिडियाले जनाएका छन् ।

Leave a Reply