श्वेता खड्काकी छोरीको नाम ‘ब्रियाना’

अभिनेत्री श्वेता खड्काले मंगलवार छोरीलाई जन्म दिएकी हुन् । मंगलवार साँझ सामाजिक सञ्जालमा छोरीको तस्विर साझेदार गर्दै श्वेताले संसारकै सबैभन्दा सुन्दर शब्द आमाबाट सम्बोधित हुन पाएकोमा आफू भाग्यमानी नारीको जमातमा सामेल हुने मौका पाएको र छोरीको जन्मलाई जीवनको सबैभन्दा ठूलो अवार्ड, अमुल्य प्राप्ति अनि बहुमुल्य सम्पत्ति भएको बताएकी थिइन् ।

छोरीको जन्मपछि निकै प्रफुल्ल रहेकी श्वेताले एकपछि अर्को गरी सामाजिक सञ्जालमा तस्वीर र भिडियो सार्वजनिक गरिरहेकी छन् । श्वेता दम्पतीले छोरीको नामकरण पनि गरेका छन् । उनीहरुले छोरीको नाम ‘ब्रियाना’ राखेका छन् । आइरिस भाषामा लोकप्रिय शब्द ब्रियानाको अर्थ उच्च, नवीन र श्रेष्ठ भन्ने हुन्छ । ब्रियानाको स्त्रीलिंगी शब्द ब्रियाना हो ।

श्वेता २०७७ साल मंसिर २२ गते धनगडीका विजयन्द्र सिंह रावतसँग विवाह बन्धनमा बाँधिएकी थिइन् । उनीहरु २ वर्ष प्रेम सम्बन्धमा थिए । श्वेता पछिल्लो पटक चलचित्र ‘कान्छी’मा देखिएकी थिइन् ।

Leave a Reply