‘के घर के डेरा’को शिर्ष गीतमा टिकटक बनाउँदा २५ हजार जित्ने मौका

तिहारलाई लक्षित गर्दै कात्तिक ४ गते अर्थात् भोलिबाट प्रदर्शनमा आउन लागेको मल्टीस्टारर चलचित्र ‘के घर के डेरा’ले टिकटक प्रतियोगिता घोषणा गरेको छ । यो प्रतियोगितामा सहभागी हुन चलचित्रको शिर्ष गीतमाथि टिकटक बनाउनु पर्नेछ ।

गीतमाथि डेरामा बस्दाको आफ्नो समस्याको टिकटक बनाएर आफ्नो फेसबुक वालमा शेयर गर्नुका साथै चलचित्रको पेजमा ट्याग गरेर सहभागी हुन सकिन्छ चलचित्रको के घर के डेराको पेजलाई लाईक गर्नुपर्ने, ट्रेलर शेयर गरी तीन जनालाई ट्याग गर्नुपर्ने र टिकटक भिडियो चलचित्रको पेजमा इनबक्स (म्यासेज) गर्नुपर्नेछ । क्याप्सनमा #KGKD #कार्तिक 0४ अनिवार्य Mention हुनुपर्ने छ।
त्यसमध्ये उत्कृष्ट एक जनाले २५ हजार पुरस्कार प्राप्त गर्ने छ ।


चलचित्रको सम्पूर्ण छायांकन काठमाडौंमा भएको हो । चलचित्रमा अभिनेता द्वय दयाहाङ राई र विपिन कार्की, सुरक्षा पन्त, रविन्द्र झा, वर्षा राउतसँगै लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रमा दिर्घ गुरुङको छायांकन, शंकर थापा स्माइलको संगीत, डिपी खनालको गीत रचना, दिर्घ खड्काको सम्पादन, याम प्रसाद वली प्रोडकसन डिजाइनर र तारानाथ न्यौपाले मुख्य सहायक निर्देशकको रुपमा रहनेछन् ।

ए प्लस इन्टरटेनमेन्दको व्यानरमा निर्माण हुने चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् । चलचित्रमा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहेका छन् । सिंगे लामाको कथा रहेको चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । काठमाडौंमा कोठा भाडामा लिएर बस्नेहरुको कथामा बन्न लागेको चलचित्रलाई जिजिए ग्रुप (करण श्रेष्ठ) ले वितरण गर्नेछ ।

Leave a Reply