‘गोर्खा वारियर्स’को टिजरमा गोर्खाली सैनिकले लडेको लडाइँ र वीरताको कथा

निर्देशक तथा निर्माता मिलन चाम्स निर्देशित चलचित्र ‘गोर्खा वारियर’को टिजर सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक एक मिनेट लामो टिजरमा सन् १९४९ मा भएको विश्व युद्धमा नेपाली गोर्खा सैनिकले लडेको लडाइँ र बहादुरीको कथा देखाइएको छ ।

टिजरमा विजय लामा, रितेश चाम्स, रियर राईलगायत युद्ध मैदानका सैनिकको रुपमा चित्रण छन् । वीर गोर्खालीको कथामा निर्माण भएको यो चलचित्र निर्देशक चाम्सको यो ड्रिम प्रोजेक्ट हो ।

लन्डन सिने आइ प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रको कथा प्रदिप भारद्वाजले लेखेका हुन् । उनले बेलायतको सबैभन्दा ठूलो र सर्वाधिक महंगो मानिने रोयल अल्बर्ट हलमा १० हजार दर्शकको उपस्थितिमा चलचित्रको रेड कार्पेट प्रिमियर गर्ने योजना बनाएका छन् ।
यो फिल्ममा रेविका गुरुङ, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, विरूप घले, सारा राईलगायतको पनि अभिनय छ । ‘गोर्खा वारियर’लाई सिरिजको रुपमा निर्माण गर्ने चाम्सको योजना छ ।

Leave a Reply