नीता ढुङ्गाना आफैले ‘श्रीमद्भगवद् गीता’को निर्देशन गर्ने

आज आफ्नो जन्मदिन मनाउँदै छिन्, अभिनेत्री नीता ढुङ्गाना । चलचित्र ‘मितिनी’ मार्फत बालकलाकारको रुपमा चलचित्र क्षेत्रमा प्रवेश गरेकी ढुंगानाले ‘गणेश भजन’मार्फत आफूलाई गायिकाको रुपमा पनि अगाडि बढाइन् । र अब भने उनी निर्देशक पनि बन्ने भएकी छिन् । जन्मदिनको अवसरमा नीताले आफ्नै प्रोडक्शन हाउसबाट निर्माण गर्ने भनेको ‘श्रीमद्भागवत गीता’ नामको वेब सिरिज आफै निर्देशन गर्ने घोषणा गरेकी छिन् ।

नीताले केही दिन अगाडि ‘श्रीमद्भगवत गीता’ नाममा वेव सिरिज बनाउने घोषणा गरेकी थिइन् । युटुब र टेलिभिजनमा प्रशारण हुने करिब ४० भागको यो वेव सिरिजलाई अब नीता आफैले निर्देशन गर्ने भएकी छिन् । यो सिरिजमा रामजी लामिछानेको कोरियोग्राफी, वनिष शाहको सम्पादन, संजय लामाको छायांकन रहनेछ । नीता आफैले यो सिरिजको निर्माण गर्दैछिन् । यो सिरिजले अर्जुन र कृष्णको संवाद प्रस्तुत गर्नेछ । कलाकारको नाम भने सार्वजनिक गरिएको छैन ।

 

Leave a Reply