‘गुञ्जन’को फष्टलुकमा प्रिमतराज र साराको प्रेम

अष्ट महर्जनको निर्देशन रहेको चलचित्र ‘गुञ्जन’को फष्टलुक सार्वजनिक भएको छ । दीपावलीको अवसर पारेर निर्माण युनिटले चलचित्रको एक प्रेममय पोष्टर फष्टलुकको रुपमा सार्वजनिक गरेको हो । सार्वजनिक फष्टलुकमा चलचित्रका अभिनेता प्रिमतराज सेन्चुरी र अभिनेत्री सारा सिर्पालीको रोमान्टिक देख्न सकिन्छ ।  विगत २ दशकदेखि चलचित्रको द्धोन्द निर्देशन गर्दै आएका अष्टको निर्देशनमा यो डेब्यु चलचित्र हो । विुशुुद्ध प्रेमकथाको बिषयमा बनेको चलचित्रमा सारा र प्रितमराजको अलवा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपानेलगायतका कलाकारको अभिनय रहेको छ । प्रितमराजले यसै चलचित्रबाट अभिनयमा डेब्यु गरेका हुन् ।

No description available.

हिराकृष्ण शाहीको प्रस्तुति र सुनिता शाही निर्माता रहेको चलचित्र ए.एच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रमा अभिनेत्री नीता ढुङ्गानाको आकर्षक आइटम डान्स समेत रहेको छ । राजु श्रेष्ठको छायाँकन, बिपिन मल्लको सम्पादन, कबिराज गहतराजको नृत्य र कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत रहेको चलचित्रको काठमाडौ, पोखरा, जोमसोममा छायाँकन भएको छ ।

Leave a Reply