दिनेश राउतको चलचित्रमा भित्रिइन् दिक्षिता कार्की, स्वप्नसँग जोडी बाँधिने

निर्देशक दिनेश राउत लभस्टोरी चलचित्रमा चर्चित गायिका दिक्षिता कार्की भित्रिएकी छन् । केही दिनअघि निर्माण टिम र उनीबीच कागजी सम्झौता भएको हो । राउतले निर्देशन गर्ने आगामी अनटाइटल चलचित्रमा चर्चित गायक स्वप्‍न सुमन प्रमुख नायकको भूमिकामा देखिनेछन् । चलचित्रमा दिक्षिताको जोडी स्वप्नसँग बाँधिने भएको छ ।

चर्चित भ्लगर तथा संगीतकार चेतन कार्कीकी छोरी रहेकी दिक्षिताको ‘जीवन’, ‘तिमी र म’ जस्ता गीत चर्चित छन् । उनले गायक स्वप्न सुमनलाई अभिनेताको रुपमा डेब्यू गराउँदै लभस्टोरी फिल्म बनाउन लागेका हुन् ।

आगामी बैशाखबाट छायांकन सुरु हुने चलचित्रको सम्पूर्ण छायांकन काठमाडौंमा हुनेछ । प्रेमकथा र सामाजिक कथावस्तुमा आधारित हुने चलचित्रको पटकथा विकास सुवेदीले लेखिरहेका छन् । चलचित्रको लागि अडिसनबाट छनोट गरिएको सुमनले अहिले यो भूमिकामा लागि अभिनय सिकिरहेका छन् ।

Leave a Reply