नेपाली चलचित्र ‘ऐन झ्यालको पुतली’ बुसानको मूख्य प्रतिस्पर्धामा

सुजित बिडारी निर्देशित नेपाली कथानक चलचित्र ‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभलमा छनोट भएको छ । ‘ऐना झ्यालको पुतली’ बुसानको मुख्य प्रतिस्पर्धामा छनोट हुने पहिलो नेपाली चलचित्र हो । यसलाई बुसानको सर्वाधिक पुरस्कार राशी भएको ‘न्यु करेन्ट सेक्सन’ अन्र्तगत प्रतिस्पर्धामा राखिएको छ । उक्त सेक्सनमा बाजी जित्ने चलचित्रले ३० हजार डलर प्राप्त गर्नेछन् । ‘ऐना झ्यालको पुतली’ चलचित्रमा पहाडी जिल्लाको गाउँमा पढ्ने १३ वर्षीय बालिकाको सहरमा गएर पढ्ने सपनाको कथा रहेको छ ।

जति पटक सपनाको नजिक पुगे पनि सपना पुरा नभएको स्थितिलाई झ्यालमा अड्किएको पुतलीसँग तुलना गरिएको छ । विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमध्ये एक हो, बुसान । बुसानको यो २५औँ संस्करण यसपाली कोरोना महामारीको कारण यो फेस्टिभल भर्चुअल रुपमा आयोजना हुने बताइएको छ । अक्टोबर २१ म सुरु हुने फेस्टिभल ९ दिनसम्म जारी रहनेछ । सुजितको पहिलो फिचर फिल्म हो, ऐन झ्यालको पुतली । यसअघि उनले छोटो फिल्म ‘सावित्री’ निर्देशन गरेका थिए ।

Leave a Reply