कमल खत्रीको ‘पानी पिउने बहानामा’ रियाशा,दीपक र विशाल(भिडियो)

लोकप्रिय गायक कमल खत्री आफ्नो नयाँ गीतको म्युजिक भिडियोमार्फत आफ्ना दर्शक तथा स्रोतामाझ आएका छन् । सोमबार युट्युबमा सार्वजनिक …पानी पिउने बहाना…’ बोलको उक्त गीतका शब्दहरु सुमन योञ्जनले रचना गरेका हुन् । गुरुङले उक्त गीतमा संगीत संयोजन तथा मिक्सिङ गरेका छन् । उक्त गीतको म्युजिक भिडियो निकै आकर्षक बनेको छ ।

कमल खत्री तथा यूआर स्टाइल प्रोडक्सनको प्रस्तुतीमा तयार भएको उक्त गीतको म्युजिक भिडियोमा अभिनेता दीपक घिमिरे, मोडल विशाल रेग्मी, गायक कमल खत्री तथा अभिनेत्री रियाशा दाहालले अभिनय गरेका छन् । भिडियोमा कलाकारहरुलाई निकै आकर्षक शैलीमा अभिनय तथा नृत्य गराइएको छ । निर्देशक नितिन चन्दले यो म्युजिक भिडियो निर्देशन र सम्पादन गरेका हुन् । रुपेश थापाले यो भिडियो छायांकन तथा कलर करेक्सन गरेका हुन् । विशाल महराले भिडियोमा कोरियोग्राफी गरेका छन् ।  भिडियो हेर्नुहोस् :

Leave a Reply