ब्लकबस्टर हलिउड चलचित्र ‘जोकर’को सिक्वेलको तयारी

विश्व बक्स अफिसमा एक बिलियन डलर कमाउन सफल भएको २०१९ को सबैभन्दा ब्लकबस्टर हलिउड चलचित्र ‘जोकर’को सिक्वेल निर्माण हुने भएको छ । ‘जोकर’ को सिक्वेललाई लिएर निर्देशक, अभिनेता र निर्माताले कुनै तयारी गरेका थिएनन् । तर, व्यावसायिक र समीक्षात्मक सफलतापछि टोड फिलिप्स निर्देशित हलिउड चलचित्र ‘जोकर’ को सिक्वेल निर्माण हुने भएको हो ।

आर्थर फ्लेकको भूमिका निर्वाह चलचित्रका मुख्य अभिनेता ज्याकिन फिनिक्सले दोस्रो श्रृंखलाका लागि पनि अफर गरिएको बताइएको छ । अमेरिकी मिडियाका अनुसार, ‘जोकर २’ का लागि वाकिनलाई ५० मिलियन डलर अफर गरिएको छ ।  अहिले चलचित्रको स्क्रिप्टमा काम भइरहेको र आउँदो चार वर्षमा चलचित्रको दुई सिक्वेल ल्याउने तयारीमा निर्माण टिम रहेको छ ।

 

Leave a Reply