नम्रता श्रेष्ठ भोकै परेका मानिसलाई खाना र राहत वितरण गर्दै

कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारण यतिबेला नेपाल पनि लकडाउनमा छ । यो भाइरसको संक्रमण फैलिन नदिन सरकारले बैशाख २५ गतेसम्मलाई लकडाउन लम्ब्याएको छ । लकडाउनका कारण धेरै मानिसहरु समस्यामा छन् । यो अवस्थामा विभिन्न व्यक्तिहरुले दैनिक गुजारा चलाउन केही सहयोग पुगोस् भन्ने आशयले राहत वितरण गरिरहेका छन् । यसतर्फ नेपाली सेलिब्रेटीहरु पनि जागरुक हुन थालेका छन् ।

यसैबिच नायिका नम्रता श्रेष्ठले पनि पाकेको खाना र राहत वितरण गरी रहेकी छिन् । निर्देशक मिन बहादुर भामले शुरु गरेको हाम्रो सानो प्रयास नामक पहल मार्फत नायिका नम्रता पनि खाना र राहत वितरण गरी रहेकी छिन् । दैनिक काठमान्डौ,ललितपुर र भक्तपुरका ३०० देखि ५००सम्म खाँचोमा परेको मानिसहरुलाई पाकेको खाना र राहत वितरण गरिरहेको नम्रताले इन्स्टाग्राममा तस्बिरहरु र एउटा भिडियो
सार्वजनिक गर्दै स्टाटसमा लेखेकी छिन् । नम्रतासँगै त्यस प्रयासमा नायक कर्मा शाक्य, विजय लामा र अरु थुप्रै मानिस आवध रहेको स्टाटसमा उल्लेख छ ।आफ्नो नजिकको साथी, निर्देशक मिन बहादुर भामले पहल गरेको हाम्रो सानो प्रयासमा आफु पनि स्वयंसेवकको टिममा रहेर सहयोग गर्न पाउँदा नम्रताले गर्व महसुस गरेको उनी बताउँछिन् ।

यो प्रयासमा कोहि सहयोग गर्न इच्छुक भए गर्न मिल्ने पनि उनले बताएकी छिन् । साथमा उनले यो प्रयासमा उहाँहरुले पैसा नलिने र खाना मात्र लिने पनि लेखेकी छिन् । तस्बिरमा हामीले नम्रतासंगै सबैले पिपीई लगाएर सुरक्षित रुपमा वितरण कार्य गरिरहेको देख्न सक्छौं । नम्रतासँगै चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्वहरु अहिले सहयोगमा जुटिरहेका छन् ।

नम्रतासँगै नायिकाहरू वर्षा राउत,आँचल शर्मा,वर्षा सिवाकोटी, पूजा शर्मा र करिष्मा मानन्धर तथा नायक पल शाह तथा हाँस्यकलाकार किरण केसी लगायत अहिले सहयोगमा जुटिरहेका छन् । कोही विपन्न परिवारलाई सहयोग गरिरहेका छन्, कोही पशुपंक्षी तथा चराचुरुङ्गीलाई आहारा खुवाइरहेका छन् भने कोही चलचित्र प्राविधिकहरुलाई सहयोग गरिरहेका छन् ।

Leave a Reply