मिडियासँग बोल्न किन मानिन् साम्राज्ञी ?(भिडियो)

नेपाली चलचित्र क्षेत्रकी डिमान्डेड अभिनेत्रीमध्ये एक हुन्, साम्राज्ञी राज्यलक्ष्मी शाह । चलचित्र ‘ड्रिम्स’बाट नेपाली चलचित्र क्षेत्रमा पाइला राखेकी साम्राज्ञी, नेपाली चलचित्रकी हट केक अभिनेत्री पनि हुन् । उनै, साम्राज्ञी सधै केहि न केहि कारणले आइरहेकी हुन्छिन् ।

केहि दिन अगाडी मात्र म्युजिक भिडियोका साम्राज्ञीले निक्कै महंगो पारिश्रमिक वुझेको कारण उनको चौतर्फी चर्चा भएको थियो । साम्राज्ञीले ४ लाख हारहारीको पारिश्रमिक वुझेकी बताईएको थियो । यस्तै, साम्राज्ञीले आफूलाई अफर आउने भिडियोमा गीत राम्रो हुनुपर्ने र ४ देखि ५ लाख पारिश्रमिक दिनुपर्ने बताउन थालेकी थिइन् ।

यो गीतको भिडियोमा अभिनय गर्न साम्राज्ञीले अहिलेका चल्तीका मोडलभन्दा २ गुणा बढी पारिश्रमिक बुझेकी हुन्। चलचित्रमा काम गरेको १६ लाखसम्म पारिश्रमिक वुझेकी साम्राज्ञीले म्युजिक भिडियोमा काम गर्न खासै रुची देखाएकी थिइनन् । उनलाई चलचित्रभन्दा धेरै म्यूजिक भिडियोबाट अफर हुने गरेको भए पनि उनले आजसम्म दुइटा मात्र भिडियोमा अभिनय गरेकी छन् ।

म्यूजिक भिडियो छनोटमा एकदमै चुजी मानिने साम्राज्ञीले निषेधाज्ञापछि भने ट्रि इन्टरटेन्मेन्टले निर्माण गरेको एक भिडियोमा काम गरिन् । उनले अभिनय गरेको भिडियो हिजो काठमाडौंमा एक भव्य कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको थियो । साम्राज्ञी कार्यक्रममा पुगिन् तर उनले मिडियासंग अन्तरक्रिया गर्न मानिन् । लगभग दुई घण्टा बढीको कार्यक्रममा उनी सुरु देखि नी उपस्थित भइन् तर गीत रिलिज भएपछि उनी सुटुक्क निस्कीइन् ।

मिडियाकर्मीले कलाकारहरुको अन्तरवार्ताका लागि भन्दै कार्यक्रम सुरु हुनुभन्दा अगाडी देखि पर्खिए तर साम्राज्ञीली मिडियासंग कुराकानी गर्न नमाने पछि अरु कलाकारहरुले पनि म्युजिक भिडियोको बारेमा समेत केहि बोलेनन् । कार्यक्रममा आएपछि साम्राज्ञीले कुराकानी गर्छिन् भन्नेमा सब ढुक्क थिए तर गीतको निर्माता नै उनलाई बोलाउन जाँदा पनि आइनन् । यो भिडियोको निर्माताले उनलाई बारम्बार पत्रकार सम्मेलनमा उपस्थित भएर भिडियोको बारेमा मात्र बोल्न आग्रह गरे । तर, साम्राज्ञीले भने आफूले संझौता गर्दा नै मिडियासँग कुरा नगर्ने भनेर गरेकाले उनी आइनन् ।

अन्तिममा साम्राज्ञीले मिडियासंग बोल्न नचाहे पछि, एउटा कलाकारले मिडियासँग बोल्दिन भनेपछि जबर्जस्ती अन्तरक्रिया अगाडी बढाउन नचाहेको भन्दै कार्यक्रमको समापन गरिएको थियो। यसपछि, भिडियोको बिषयमा आयोजना गरिएको कार्यक्रम नै स्थगित भयो । पछिल्लो समय बजारमा विभिन्न गसिप चलिरहेकाले पनि साम्राज्ञीले मिडियाको भिडबाट बच्न खोजेको चर्चा चल्न थालेको छ । के साम्राज्ञी सकेसम्म आफू निकट मिडियाकर्मी बाहेक अरुसँग फेस नगर्ने सोचमा पुगेकी हुन् त ?

विशेषगरि, पहिलो लकडाउनपछि साम्राज्ञीले मिडियामाथि आरोप लगाएकी थिइन् । धेरै युट्युब च्यानलले आफूहरुको भिडियो हालेर पैसा कमाएको, शिर्षक जे पनि हाल्दिने गरेको लगायतका आरोप लगाउँदै साम्राज्ञी मिडियाबाट तर्किन थालेकी हुन् ।

साम्राज्ञी आफ्नो बोलीका कारण पनि आलोचित भैरहेकी हुन्छिन् । साम्राज्ञीको करिअरमा विवाद पनि एकसाथ अगाडि बढेको देखिन्छ । नायक भूवन केसीसँगको विवादले लकडाउन अवधीभर उनलाई चर्चामा राखेको थियो । यो बाहेक प्रेम सम्बन्धले पनि उनी चर्चामा रहेको पाइन्छ । चलचित्र ‘कायरा’को छायांकनका क्रममा खोपेको ट्याटुले पनि उनलाई आलोचना भोग्न वाध्य बनायो ।

Leave a Reply