प्रदीप खड्काले ‘प्रेमगीत ३’बाट भारतमा जिते डेब्यु अभिनेताको अवार्ड

अभिनेता प्रदीप खड्काले भारतको आग्रामा सम्पन्न ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यु अभिनेताको अवार्ड जितेका छन् । आइतबार बेलुका सम्पन्न फेस्टिभलमा उनले ‘प्रेमगीत ३’को हिन्दी संस्करणतर्फको फिचर चलचित्रतर्फ डेब्यु अभिनेताको अवार्ड जितेका हुन् ।

यतिबेला अवार्डकै लागि प्रदीप र ‘प्रेमगीत ३’ का निर्माताहरु भारतको आग्रामा छन् । फेस्टिभलमा प्रदीपले अवार्ड जित्दाको क्षणका भिडियो र तस्वीरहरु सार्वजनिक भएका छन् । एक तस्वीरमा प्रदीप र पार्श्व गायक तरुण सागर सँगै देखिएका छन् ।

Leave a Reply