अभिनेत्री दीया पुनले गरिन् सगरमाथा आरोहण

अभिनेत्री दीया पुनले सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेकी छन् । उनले शुक्रवार बिहान सगरमाथाको चुचुरोमा पुग्न सफल भएकी हुन् । दीयाले सगरमाथामा राष्ट्रिय झन्डा फहराएकी थिइन् । सगरमाथा आरोहणपछि उनीसहितको टोली साउथ कोलमा फर्किसकेको छ ।

उनी सगरमाथा शिखरमा पुग्न सफल भएको आरोही निर्मल पूर्जाले सामाजिक संजाल मार्फत जानकारी दिएका छन् । निर्मल पूर्जाको एलिट एक्सपिडिसन आरोही दलमार्फत उनीसहित २० जनाको टोलीले एकसाथ सगरमाथा आरोहण गरेको छ । ६ अप्रिलमा सगरमाथाको चुचुरोमा पुग्ने लक्ष्यका साथ गत चैत्रमा आरोहण सुरु गरेकी दीया केही ढिलो गरेर सगरमाथाको चुचुरोमा पुगेकी हुन् ।

अर्जेन्टिनाको ६ हजार ९६१ मिटर अग्लो माउन्ट ओकुनकागवा चढेर आरोहण यात्रा थालेकी दीयाले यसअघि ८ हजार १६३ मिटर अग्लो हिमाल मनास्लु पनि चढेकी थिइन् । उनले आफ्नै ४२ लाख रुपैयाँ खर्चमा सगरमाथा आरोहण गरेकी हुन् ।

Leave a Reply