‘पर्खि बसें २’ मा अनुबन्ध भएकी हुन् पूजा?

प्रदर्शन भएको १३ वर्षपछि अर्थात् वि.सं २०६४ सालको चैत्र अन्तिममा प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘पर्खि बसें’ को दोस्रो सिरिज निर्माण हुने पक्का भएसंगै चलचित्रमा को-को कलाकार रहने भन्ने विषयमा चर्चा सुरु भएको छ । ‘लभ डायरिज’ निर्देशक सौरभ चौधरीले निर्देशन गर्ने ‘पर्खि बसें २’ मा अभिनेत्रीको रुपमा पुजा शर्मा हुने सम्भावना रहेको छ ।

चलचित्रको पात्र अनुसार पुजासंग क्यारेक्टरको बारेमा छलफल गरिएको निर्देशक सौरभले बताए । नायिका पुजाले पनि आफूलाई अफर आएको स्विकार गरिन्। अभिनेत्री पूजा शर्मा फिचर्ड चलचित्र  ‘म यस्तो गीत गाउँछु २’ आगामी फागुन २३ गतेबाट प्रदर्शनमा आउने छ । चलचित्रमा कथा पनि निर्देशक चौधरीकै रहनेछ । पहिलो सिरिज झैँ दोस्रोमा पनि सांगीतिक प्रेम कथा देखाइने निर्देशक सौरभले बताए ।

गोपीकृष्ण मुभिजले हिमालयन मुभी स्टुडियोसँगको सहकार्यमा ‘पर्खि बसें २’ निर्माण गर्न लागेको हो। चलचित्रमा निकिता पौडेल र बिनोद सापकोटा निर्माता रहनेछन् भने प्रदीप दाहाल र तिर्थ प्रसाद पौडेल सह निर्माताको रुपमा रहनेछन् । चलचित्रलाई अल नेपाल वितरणको जिम्मा रीच इन्टरटेनमेन्टले पाएको छ ।

गोपीकृष्ण मुभिजले निर्माण गर्ने भनिएको अभिनेता सौगात मल्ल र अभिनेत्री श्रृष्टि श्रेष्ठ स्टारर ‘माइकल अधिकारी’ आउँदो माघबाट फ्लोरमा जादैछ । त्यसपछि यो टिमको ‘पर्खि बसें २’ फ्लोरमा जाने निर्णय रहेको छ । चलचित्रको रिलिज २०७७ सालमा हुनेछ ।

अभिनेता द्वय राजबल्लभ कोइराला र निखिल उप्रेतीसँगै अभिनेत्री युना उप्रेतीको प्रमुख भूमिका रहेको ‘पर्खि बसें’ लाई दीपक श्रेष्ठले निर्देशन गरेका थिए । चलचित्रमा पुराना कलाकार दोहोरिने सम्भावना निकै कम छ । चलचित्रमा को-को कलाकार रहने भन्ने विषयमा चर्चा भएपनि चलचित्रको कास्ट एण्ड क्रियू एक औपचारिक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गर्ने तयारीमा टिम रहेको छ ।

Leave a Reply