अनमोलपछि ‘हनी बनी’मा सलोन बस्नेतको इन्ट्री

दीवाकर भट्टराईको निर्देशनमा बन्न लागेको चलचित्र ‘हनी बनी’ मा अभिनेता सलोन बस्नेत भित्रिएका छन् । निर्माण टिमले उनीसँग कागजी सम्झौता पनि गरिसकेको छ । चलचित्रको मुख्य भुमिकाको लागि यसअघि नै अभिनेता अनमोल केसी अनुबन्धित भैसकेका छन् । चलचित्रको लागि अभिनेत्री भने फाइनल भएको छैन । चलचित्रमा अनमोल लभरव्वाईको भुमिकामा देखिँदैछन्। सलोनको भूमिकाबारे भने निर्माण टिमले केहि खुलाएको छैन ।

चलचित्रको आगामी मार्चबाट छायांकन सुरु गर्ने तयारी गरिएको छ । कम्पनी एबी इन्टरनेशलको प्रस्तुती रहने चलचित्रमा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस् लिमिडेटले सहकार्य गरेका छन् । अमित बस्नेत, अजित केआर थापा र परी राना निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा अंकित गौतम छन् ।

Leave a Reply