अमिताभ बच्चन र उनका छोरा अभिषेकको कोरोना रिपोर्ट नेगेटिभ

बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । भारतिय मिडियाका अनुसार उनीहरुको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको हो । १२ दिन अगाडि कोरोना पुष्टि भएका अमिताभ र उनको छोरा अभिषेकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। भारतको मुम्बईको नानावती अस्पताल भर्ना भएका उनीहरुको कोरोना पछिल्लो रिपोट नेगेटिभ आएको छ । तर अमिताभलाई भने अझै दुई पटक परीक्षण गरिने जनाइएको छ । अझै दुई पटक परीक्षण गरेपछि ती परीक्षणको रिपोर्टका आधारमा अमिताभलाई डिस्चार्ज गरिने बताइएको छ । नानावटी अस्पतालका अनुसार छोरा अभिषेकलाई भने आजै डिस्चार्ज गरिने छ । अभिताभ र अभिषेकपछि ऐश्वर्य र आराध्यामा पनि कोरोना संक्रमण देखिको थियो । उनीहरु पनि अस्पतालमा नै छन् । उनीहरुको भने रिपोर्ट हालसम्म नआएको जनाइएको छ ।

Leave a Reply