रेश्मा घिमिरे वैवाहिक जीवनमा बाँधिइन्

नायिका तथा मोडल रेश्मा घिमिरे वैवाहिक जीवनमा बाँधिएकी छन् । रेश्माले अमेरिकामा अध्ययनरत प्रभात बाबुसँग लगनगाँठो कसेकी हुन् ।

रेश्मा र प्रभातको विवाह समारोह विराटनगरको एक रिसोर्टमा चलिरहेको छ । उनीहरुको बिहेमा आफन्त, परिवार, साथीभाइ र केही चलचित्रकर्मीको मात्र उपस्थिति छ ।

प्रभात अमेरिकामा रहेर चिकित्सा विज्ञानको अध्ययन गरिरहेका छन् । गत वर्षको मंसिर १८ गते इन्गेजमेन्ट गरेका रेश्मा र प्रभातबिच तीन वर्षअघि चिनजान भएको हो । यसपछि कुराकानी गर्दै जाँदा उनीहरू नजिक भएका थिए ।

Leave a Reply