पूजाको गुनासो-‘भारतको फिल्म क्षेत्र खुलेपछि मात्र नेपालमा खुल्ने हो ?’

कोरोना भाइरसको संक्रमण फैलिन नदिन चैत ११ गतेदेखि गरिएको लकडाउन मंगलवार राति १२ बजेबाट अन्त्य भएको छ । तर, लकडाउन अन्त्य भएपनि केही क्षेत्रमा अझै प्रतिबन्ध कायमै छ ।
चलचित्र क्षेत्रको बिषयमा अहिलेसम्म कुनै पनि निर्णय भएको छैन । अधिकांश क्षेत्र खुलिसक्दा पनि चलचित्र क्षेत्रको बिषयमा निर्णय नहुँदा विभिन्न खालका प्रश्नहरु उठेका छन् ।

यसैक्रममा अभिनेत्री पूजा शर्माले लकडाउनको अन्त्य हुँदा पनि सरकार र फिल्म क्षेत्रका नेतृत्व वर्ग फिल्म क्षेत्र सुचारू गर्न अग्रसर नदेखिएकामा असन्तुष्टि व्यक्त गरेकी छन् । नायिका पूजा शर्माले भारतको चलचित्र क्षेत्र खुलेपछि मात्र नेपालको चलचित्र क्षेत्र खोल्नुपर्ने हो भनेर गुनासो पोख्दै प्रश्न गरेकी छिन् । पूजा लेख्छिन्–‘चलचित्र क्षेत्र चलायमान गर्न हामी कती गम्भिर छौ ? बजार खुलिसके, यातायात खुलिसके, सरकारले एक प्रकारले लकडाउन अन्त्य भएको घोषणा गरेको छ तर न त सरकार न त चलचित्र क्षेत्रका नेतृत्व वर्ग अब चलचित्र क्षेत्र सुचारु गर्ने तत्परतातर्फ अग्रसर देखिएका छन् । के भारतको चलचत्रि क्षेत्र खुलेपछि मात्र नेपालमा खोल्नुपर्ने हो ?’ पूजाले नेपाली चलचित्रको आफ्नो छुट्टै अस्तीत्व छैन भन्दै नेपाली चलचित्रले नै यो क्षेत्र चलायमान हुन नसक्ने हो भनेर प्रश्न सोझाएकी छिन् । यो बिषयमा बहस गर्न र सरकारलाई दबाब दिन पनि पूजाले सबै चलचित्रकर्मीसँग आग्रह गरेकी छिन् ।

Leave a Reply