करिश्माले फिल्म प्राविधिकलाई गरिन् राहत वितरण

कोरोनाले प्राविधिकहरु समस्यामा परेको खबर बाहिरिएसँगै देश तथा विदेशमा बस्ने फिल्मकर्मीहरुले सहयोगी हात बधाइरहेका छन् । यसैक्रममा,अभिनेत्री करिश्मा मानन्धरले बिहीवार आफ्नै उपस्थितिमा ३० जना प्राविधिकको परिवारलाई राहत वितरण गरेकी छन् । उनले चामल, दाल, तेल, नुनसँगै खाना पकाउने ग्यास भर्नका लागि जनही १५ सय सहयोग गरेकी हुन् । नेपाल चलचित्र प्राविधिक संघको सहकार्यमा प्राविधिकलाई राहत वितरण गर्दै उनले प्राविधिकहरु फिल्मकर्मीको घरको सदस्य भएकाले सबैले सकेको सहयोग गर्न आग्रह गरेकी छन् ।

Leave a Reply