नेपाली निर्देशक चन्द्र पन्त र नरेनको डेब्यु भोजपुरी चलचित्र ‘रण’ शुक्रबारदेखि नेपालमा प्रदर्शन हुने

नेपाली निर्देशक चन्द्र पन्तको निर्देशनमा बनेको भोजपुरी चलचित्र ‘रण’ नेपालका हलहरुमा प्रदर्शन हुने भएको छ । नेपालको तराई-मधेश क्षेत्रका हलहरुलाई लक्षित गर्दै यसै साताको शुक्रवारबाट चलचित्र प्रदर्शन हुँदैछ । चलचित्रलाई काठमाडौंका केही मल्टीप्लेक्स र सिंगल थिएटरमा पनि प्रदर्शन गर्ने तयारी गरिएको छ । काठमाडौंको विश्वज्योति हलमा चलचित्र प्रदर्शन हुने पक्का भइसकेको छ । नेपालमा देशव्यापी रुपमा सम्भवतः पहिलोपटक भोजपुरी भाषाको चलचित्र रिलिज हुन लागेको हो। राजधानी र मोफसल गरी ४० बढी हलमा चलचित्र प्रदर्शन हुने छ ।

यो चलचित्र यसअघि भारतको बिहार राज्यमा प्रदर्शन भइसकेको छ । शुक्रबारबाट चलचित्रले भारतको मुम्बई र गुजरातमा प्रदर्शन थाल्दैछ भने जुलाई १० तारिखबाट दिल्लीमा पनि चलचित्र रिलिज हुनेछ । नेपाली कलाकार तथा प्राविधिक समेत आवद्धता रहेको ‘रण’बाट नेपाली अभिनेता नरेन खड्काले भोजपुरीमा डेब्यू गरेका छन् । चलचित्रमा उनी नकारात्मक भूमिकामा छन् । नरेनसँगै चलचित्रमा आन्नद ओझा, काजल रघवानी, आएज खान, सिपी भट्ट, मनोज टाइगर, देव सिंह, अरुणकुमार मिश्रको अभिनय छ । चन्द्र पन्तको कथा लेखनमा अरुणकुमार मिश्रले चलचित्र निर्माण गरेका हुन् ।

Leave a Reply