गायक कैलाश खेर नेपालमा, माइपे वालेटबाट टिकट काटी शनिबार उनको कन्सर्ट हेर्न सकिने

प्रसिद्ध भारतीय गायक कैलाश खेर र उनको ब्यान्ड कैलाशा नेपाल आईपुगेको छ । असोज १३ गते शनिबार प्रिभे नेपाल क्लबमा हुने प्रस्तुतीका लागि उनी नेपाल आईपुगेका हुन् । उनको कान्सर्टको लागि माइपे डिजिटल वालेटबाट टिकट काट्न सकिन्छ ।

उनले ‘ओ सिकन्दर’, ‘तेरी दिवानी’, ‘सैया’, ‘या रब्बा’ र चलचित्र ‘बाहुबली २ः द कन्क्लुजन’ को ‘जय जय कारा’ र ‘जल रही है चिता’ लगायतका १५०० भन्दा धेरै चर्चित हिन्दी गीतका आफ्नो जादुयी आवाज दिएका छन् । उनी केही वर्ष अघि मद्यश्री अवार्डबाट समेत सम्मानीत भएका थिए ।
माईपे इभेन्टस्को आयोजनामा हुने कन्सर्टको लागि नेपाली फ्यानहरु उत्साहित देखिएका छन् । उक्त कार्यक्रममा सहभागी हुन चाहनेले माईपे डिजिटल वालेट मार्फत टिकट काट्न सक्ने व्यवस्था गरिएको छ । हाल टिकटको मूल्य रु २४९९ र रु २९९९ रहेको छ तर कार्यक्रम स्थलमै भने टिकटको मूल्य बढ्न सक्ने आयोजकले जनाएको छ ।

Leave a Reply