पल, वर्षा र नाजिरको ‘वीर विक्रम २’को हिन्दी ट्रेलर सार्वजनिक

अभिनेताद्वय पल शाह र नाजिर हुसेन र अभिनेत्री वर्षा शिवाकोटी अभिनित चलचित्र ‘वीर विक्रम २’को हिन्दी संस्करणको ट्रेलर सार्वजनिक भएको छ । कोरोना महामारीको कारण हलमा प्रदर्शन हुन नपाएको चलचित्रलाई निर्माताले युट्युवमा सार्वजनिक गर्ने घोषणा गरेका छन् । प्रदर्शन अघि चलचित्रको हिन्दी डब ट्रेलर रिलिज भएको हो ।

निर्देशक मिलन चाम्सले कोरोना महामारीभन्दा अगाडि भारतका हल र डिजिटल प्लेटफर्ममा रिलिज गर्ने योजनासहित आफू निर्देशित तथा निर्मित चलचित्र ‘वीर विक्रम २’लाई हिन्दी भाषामा डबिङ गरेका थिए । तर, महामारीका कारण चलचित्र प्रदर्शन हुन पाएन । अब यो फिल्म नेपालकै युट्युबमा रिलिज हुने भएको छ । फिल्म रिलिजभन्दा अगाडि सोमवार हिन्दी ट्रेलर सार्वजनिक गरिएको छ ।
हेर्नूस ट्रेलर :

Leave a Reply