‘अवतार २’को ट्रेलर: वे अफ वाटरको पहिलो झलक

विश्वमा सबैभन्दा धेरै कमाइ गरेको हलिउडको चर्चित चलचित्र ‘अवतार’को दोस्रो भाग को आधिकारिक टिजर ट्रेलर सार्वजनिक भएको छ । जेम्स क्यामरुन निर्देशित चलचित्र १६ डिसेम्बरमा विश्वभरका हलहरुमा प्रदर्शन हुँदैछ ।

१ मिनेट ३७ सेकेन्ड लामो ट्रेलरमा सुली परिवार (जेक, नेटिरी, र तिनीहरूका बच्चाहरू), उनीहरूलाई पछ्याउने समस्या, एकअर्कालाई सुरक्षित राख्न, बाँच्नका लागि उनीहरू लड्ने लडाइहरू, र उनीहरूले सहने त्रासदीहरूको कथा देखाइएको छ।

‘अवतार: द वे अफ वाटर’ मा केट विन्सलेट, साम वर्थिङ्टन, जोए साल्दाना, स्टीफन लङ, विन डिजेल, एडी फाल्को, क्लिफ कर्टिस, सिगौर्नी वीभर, जियोभन्नी रिबिसी, मिशेल योह, जर्मेन क्लेमेन्ट, उना च्याप्लिन र अन्य कलाकारहरूले अभिनय गर्नेछन्। यो साइफाइ एडभेन्चर चलचित्र विश्वभर १६० भाषामा प्रदर्शन हुने बताइएको छ । हलिउडको यो बहुप्रतीक्षित चलचित्र आगामी पुस १ गते नेपालमा समेत प्रदर्शन हुँदैछ । चलचित्र पूरै पानीमुनि छायांकन गरिएको छ । एनिमेसन, भिएफएक्स र एक्शनले भरिपूर्ण अवतार २५ करोड डलरको ठूलो बजेटमा बनाइएको छ, यसलाई अहिलेसम्मकै सबैभन्दा महँगो फ्रेन्चाइज बनाइएको छ।

Leave a Reply