‘मायाको माया’ मा राजेश हमालको इन्ट्री

अभिनेता राजेश हमालले नयाँ चलचित्र साइन गरेका छन् । रोहितकरण वैद्यको निर्देशन रहने चलचित्र ‘मायाको माया’मा उनी मुख्य भूमिकामा अनुबन्धित भएका हुन् । चलचित्रको मुख्य भूमिकामा यसअघि नै अभिनेत्री आना शर्मा र अभिनेता अनुपविक्रम शाही अनुबन्धित भइसकेका छन् । आना र अनुप पहिलोपटक एकसाथ ठुलो पर्दामा देखिँदै छन्।

फ्यामिली ड्रामा जनरामा निर्माण हुने बताईएको चलचित्रको दुई साताअघि ललितपुरस्थित कार्यविनायक मन्दिरमा मुहूर्त गरिएको थियो । मुहूर्तमा चलचित्रका कलाकार, निर्माता, निर्देशक र प्राविधिक उपस्थित थिए । चलचित्रको छायांकन वैशाख ३० गते हुने स्थानीय चुनावपछि सुरु हुने बताईएको छ।

Leave a Reply