पूजा शर्मा चलचित्र विकास बोर्डको महिला समिति सदस्य नियुक्त

अभिनेत्री पूजा शर्मा चलचित्र विकास बोर्डअन्तर्गतको महिला चलचित्र सशक्तीकरण समिति सदस्यमा नियुक्त भएकी छन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अभिनेत्री शर्मालाई नियुक्त गरेका हुन् ।

महिला चलचित्रकर्मीको हक, अधिकार, आधिकारिक सहभागिता, दक्षता अभिवृद्धि, लैंगिक हिंसा, शोषण एवं विभेदविरुद्ध चेतना बढाउनका लागि महिला चलचित्रकर्मी शसक्तिकरण कार्यविधी २०७६ अनुसार गठित समितिमा अभिनेत्री शर्मालाई सदस्य बनाइएको हो । यसअघि, बुधबार मात्र विकास बोर्डले फिल्मकर्मी गोविन्द शाही तथा गोपालकाजी कायस्थलाई पनि सल्लाहकार समितिको सदस्य पदमा मनोनित गरेको थियो।

Leave a Reply