अल्लू अर्जुनको ‘आल्हा वैकुण्ठप्रेमुलु’ले तोड्यो ‘बाहुबली’ को रेकर्ड

साउथ सुपरस्टार अल्लू अर्जुन र पूजा हेगडेको चलचित्र ‘आल्हा वैकुण्ठप्रेमुलु’ शनिवारबाट प्रदर्शनमा आएको छ । चलचित्रलाई भारत तथा अन्य देशका दर्शकले समेत निकै मन पराएका छन् ।

भारतीय मिडियाका अनुसार चलचित्रले ‘बाहुबली’ को रेकर्ड समेत तोडेको छ साथै चलचित्र सबैभन्दा ठूलो इन्डियन ओपनर बनेको छ । चलचित्रले अमेरिकामा समेत ‘बाहुबली’ को रेकर्ड तोडेर नयाँ रेकर्ड बनाएको बताइएको छ ।

ट्रेन्ड एनालिस्ट रमेश बालाका अनुसार, चलचित्रको प्रिमियरको ६० हजारभन्दा धेरै टिकट विक्री भएको छ । चलचित्रले पहिलो दिन घरेलू बक्सअफिसमा ५५ करोडको व्यापार गरेको बताइएको छ ।

त्रिविक्रम श्रीनिवास निर्देशित चलचित्र अल्लूसँगै सुशान्त, नवदीप, निवेथा पेथुराज, राजेन्द्र प्रसाद, वेनेला किशोर, सत्यराजलगायतका कलाकारहरुको अभिनय छ ।

‘आल्हा वैकुण्ठप्रेमुलु’ मा पूजा हेगडेले सफ्टवेयर कम्पनीको सिइओको भूमिका निभाएकी छन् । त्यस्तै, बलिउड अभिनेत्री तब्बूले चलचित्रमा अल्लू अर्जुनकी आमाको भूमिका निभाएकी छन् ।

Leave a Reply