दुबईमा ‘गुञ्जन’को छायाँकन,सारा र प्रितम रोमान्टिक मुडमा

चलचित्र ‘गुञ्जन’को छायांकन अहिले दुबईमा हुँदै छ । चलचित्रमा समावेश ‘सास चल्छ पल पल तिम्रै मायाको’ बोलको गीतको भिडियो छायांकनका लागि निर्माण टिम दुबई पुगेको हो ।

गीत छायांकनका लागि निर्देशक अष्ट महर्जन, निर्माता हिराकृष्ण महर्जन, नव-नायक प्रितमराज सेन्चुरी र नायिका सारा सिर्पालीसहितको टोली दुबई पुगेको हो । निर्माण टिमले छायांकन स्थलबाट सार्वजनिक गरेको तस्विरहरुमा सारा र प्रितम रोमान्टिक अवतार देखिएका छन् ।

दुबईको विभिन्न आकर्षक लोकेसनमा छायांकन भइरहेको उक्त गीतमा कबिराज गहतराजको कोरियोग्राफी र बिदुर पाण्डेको छायांकन रहेको छ । विगत दुई दशकदेखि नेपाली चलचित्रमा द्वन्द्व निर्देशन गर्दै आएका अष्टले यो चलचित्रबाट निर्देशनमा डेब्यू गरेका हुन् ।

प्रेमकथामा आधारित चलचित्रमा सारा र प्रितमराजको अलवा सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतको अभिनय छ । प्रितमले यही चलचित्रबाट अभिनयमा डेब्यु गरेका हुन् । चलचित्रको काठमाडौं, पोखरा, जोमसोम क्षेत्रमा छायांकन भएको छ ।

Leave a Reply