केकी र आँचलको ‘झिँगेदाउ’को लिरिकल गीत ‘ईश्वरसँग पनि’ सार्वजनिक

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्र ‘झिँगेदाउ’को दोस्रो गीत ‘ईश्वरसँग पनि’ सार्वजनिक भएको छ । बुधबार सार्वजनिक गरिएको गीतमा कमल खत्री र अस्मिता अधिकारीको स्वर रहेको छ । अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द रहेको गीतको लिरिकल भिडियोमा चलचित्रका चल अचल दृश्य समावेश गरिएको छ ।

रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेत्री केकी अधिककारी, आँचल शर्मा, अभिनेता मुकुन भुषाल, कुशल बिष्ट र हिँउवाला गौतम फिचर्ड छन् । चलचित्रको यसअघि सार्वजनिक गीत ‘आगो बिना बिँडी जल्दैन’ले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ । आगामी भदौ १७ गतेबाट प्रदर्शनमा आउने चलचित्रमा केकी र आँचलले पहिलो पटक एकसाथ काम गरेका हुन् ।

कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको चलचित्र भिमनिधि तिवारीको कथा ‘झिँगेदाउ’मा आधारित रहेको छ । प्रदीप भारद्वाजको पटकथा तथा सम्वाद लेखेको चलचित्रमा अर्जुन पोखरेलको संगीत, बिष्णु घिमिरेको छायांकन, मित्र डि गुरुङको सम्पादन छ । चलचित्रमा सुलभ, समिक्षा र सुशिल निर्माताको रुपमा रहेका छन् ।

Leave a Reply