सलमानसँग स्क्रिन सेयर गर्दै पूजा

‘मोहेन्जो दारो’बाट बलिउडमा पाइला राखेकी अभिनेत्री पूजा हेगडेले चलचित्र ‘कभी इद कभी दिवाली’ मा सलमान खानसँग स्क्रिन सेयर गर्ने भएकी छिन् । पहिलो चलचित्र असफल भए पनि उनलाई भने सबैले नोटिस गरे । उनको पछिल्लो चलचित्र ‘हाउसफुल-४’ हो ।

‘हाउसफुल-४’ सफल भए पछि यिनै पूजाले ‘कभी इद कभी दिवाली’ का लागी निकै आकर्षक पारिश्रमिक लिएको बलिउड मिडियाले बताइरहेका छन् । पूजाले ‘हाउसफुल-४ का लागि जति पारिश्रमिक लिएकी थिइन् त्यसको चार गुणा बढी पारिश्रमिक ‘कभी इद कभी दिवाली’ का लागि लिएको बुझिएको छ । सलमान आफ्ना चलचित्रमा नयाँ अभिनेत्री सँग बढी काम गर्न रुचाउँछन् ।

Leave a Reply