वर्षाको प्रश्न-‘के यो देशमा साँच्चै नै न्याय मरिसकेको हो?

आफ्नै बुबा समानका ससुराबाट यौन उत्पिडन व्यहोरेर शंकाष्पद मृत्युवरण गरेकी सविता भण्डारी र राउटे युवती बलात्कृत भएका घटनाबारे सामाजिक सञ्जाल भरी विभिन्न कुरा भइरहेको छ । यस्ता संवेदनशील घटनाहरुलाई मजाकको बिषय बनाएर युट्युबरहरुले चर्तिकला देखाएको र साथै रमाइलोको हिसाबले टिकटकमा लिपसिंकको होडबाजी चलेकोमा बर्षाले आक्रोश पोखेकी छन् ।

सामाजिक सन्जाल फेसबुकमा लामो स्ट्याटस राख्दै बर्षा लेख्छिन्,अहिले पछिल्लो समयमा सार्वजनिक दुई घटनाले हाम्रो समाजको विकृत पक्षलाई उजागर गर्छन्। न्याय दिने निकाय किन यस्ता घटनामा क्वीक एक्सनमा उत्रदैनन्?? व्यक्ति कसैले कसैलाई सजाय दण्ड दिन सक्दैन, त्यसका निम्ति हाम्रो न्याय प्रशासनलाई मजबुत बनाउन हामी सबैले प्रभावकारी सहयोग र दबाब दिनु राम्रो हुन्छ। युट्युब र टिकटकमा राखिएका भिडियोले सम्बन्धित परिवारलाई कति पिडा होला ख्याल गरौं । घटना संवेदनशील भएकोले यस्ता घटनालाई मजाकको विषय नबनाउन र सक्छौँ भनें, सबै मिलेर राज्यलाई दबाब सृजना गर्न वर्षाले विनम्र अनुरोध पनि गरेकी छन् । साथै बर्षाले ‘के यो देशमा साँच्चै नै न्याय मरिसकेको हो? भनेर पनि प्रश्न गरेकी छिन् ।

Leave a Reply