निर्देशक सत्यराजको नयाँ चलचित्र ‘अन्तरे’

निर्देशक सत्यराज चौलागाईँले नयाँ चलचित्र बनाउने भएका छन् । यसअघि ‘अनुराग’ निर्देशन गरेका उनले अब ‘अन्तरे’ नाममा चलचित्र बनाउने भएका छन् ।

निर्देशक सत्यराज अहिले चलचित्रको स्क्रिप्टलाई अन्तिम रुप दिन व्यस्त छन् । चौलागाईँ भन्छन्, ‘स्क्रिप्ट तयार भएर केही कलाकारहरु अनुबन्ध भइसकेका छन् । तर, मुख्य पात्रहरु छनौट भइसकेका छैनन् । यो अलिक चरित्रात्मक चलचित्र भएकोले त्यही किसिमको चरित्र निर्वाह गर्ने कलाकारसँग छलफल भइरहेको छ’ ।

निर्देशक सत्यराज विगत १२ बर्षदेखि निरन्तर नेपाली चलचित्रमा सक्रिय छन् । उनले दर्जनौँ चलचित्रमा मुख्य सहायक निर्देशकको रुपमा काम गरेका छन् । उनले निर्देशनमा डेब्यू गरेको चलचित्र ‘अनुराग’ गत वर्षको असोजमा प्रदर्शनमा आएको थियो । ‘अन्तरे’ लाई उत्कृष्ट बनाउन आफूले कुनै कसर नछाड्ने उनले प्रतिवद्धता जनाएका छन् ।

रेड आइज फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा राज पण्डित र सुबास राईले लगानी गर्दैछन् । अन्तरे एक समसामायिक कथा चलचित्रमा बन्नेछ ।

Leave a Reply