सिमा विवादबारे नेपालको पक्षमा बोलेको भन्दै मनिषा कोइराला विरुद्ध भारतीय मिडियाले गरे चर्को आलोचना

भारतले नेपालको भूमी प्रयोग गर्दै बाटो बनाएपछि यतिबेला नेपालमा यसको चर्को विरोध भइरहेको छ । यो घटनाको चर्को विरोध नेपाली चलचित्रका कलाकारहरुले पनि गरिरहेका छन् । सरकारले भारतद्वारा अतिक्रमित भू–भाग समेटेर तयार पारिएको नयाँ नक्सा आज सार्वजनिक गर्ने भएको छ । यसैविच, बलिउडमा लामो समय काम गरेकी नेपाली अभिनेत्री मनिषा कोइरालाले नेपाल सरकारले नयाँ नक्सा पारित गरेको विषयमा एउटा ट्विट गरेकी छिन् । नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको नयाँ नक्सा पारित भएको विषयमा गरेको ट्विटलाई मनिषाले रि-ट्विट गरेकी छिन् । उनले त्यसमा लेखेकी छिन्, ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’

तर मनिषाको सोहि ट्विट देखेर भारतीय मिडियाले उनको चर्को आलोचना गरेका छन् । एबीपी टेलिभिजनले ‘खाति भारतकी ओर गाति चीनकी’ भन्दै समाचार प्रसारण गरेको छ । चीनको इशारामा मनिषा कोइरालाले यो ट्विट गरेको उक्त समाचारमा दाबी गरिएको छ ।‘मनिषाले जेजति नाम कमाएकी छिन्, त्यो भारतले दिएको हो । तर आज उनी खुलेर नेपालको समर्थनमा उत्रेकी छन् ।

नेपालको सरकारले जारी गरेको विवादास्पद नक्सालाई तारिफ गरेका छिन्,’ सो टेलिभिजनले भनेको छ ।समाचारमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा भारतबाट आएको भाइरस कडा भएको विषयमा गरेको टिप्पणीमाथि पनि आपत्ति जनाइएको छ ।

Leave a Reply