कुमारी हल कोरोनाका कारण सधैंका लागि बन्द

कोरोनाका कारण खर्च धान्न नसक्ने भएपछि क्यूएफएक्स चेनको कमलपोखरीमा रहेको दुई अडिटोरियमको कुमारी हल पनि सधैंका लागि बन्द भएको छ । शनिवारदेखि हलभित्र रहेका सबै सामानहरु हटाउन थालिएको छ । अब हल भएको भवन अन्य प्रयोजनका लागि प्रयोग गरिनेछ । ३७ वर्षको इतिहास बोकेको कुमारी हलमा पहिलो पटक ‘जय सन्तोषी माता’ चलचित्र प्रदर्शन भएको थियो । २०६२ सालमा क्यूएफएक्सले सञ्चालनको स्वामित्व लिएको यो हलमा चलचित्रको च्यारिटी, प्रिमियर शो, प्रेस मिट, चलचित्र महोत्सव लगायतका लागि पनि अत्याधिक प्रयोग हुने गर्थ्यो । कोरोनाका कारण सिनेमा हल बन्द हुने क्रम बढेको छ । काठमाडौं उपत्यकासहित बाहिरका जिल्लामा पनि सिनेमा हलहरू बन्द भइरहेका छन् ।

Leave a Reply