अभिनेता विवेक ओबरोय परिवारसहित नेपाल आइपुगे

बलिउड सुपरस्टार विवेक ओबरोय परिवारसहित बुधबार काठमाडौं आइपुगेका छन् । उनी एक हप्ताका लागि नेपाल भ्रमणमा आएका छन् । साँझ ६ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनलाई व्यवसायी पुनम यादवले नेपाली ढाकाटोपी लगाएर स्वागत गरेकी थिइन् । विवेक यादवकै आग्रह र पहलमा नेपाल आएका हुन् । उनीहरुबीच पारिवारिक सम्बन्ध समेत छ ।

Leave a Reply