सत्यराजको ‘सपनीमा’ बोलको नयाँ गीतमा ‘परी’ जोडी(भिडियो)

चर्चित गायक प्रताप दास, सुमन केसी र सुष्मा विश्वकर्माको स्वरमा तयार भएको ‘सपनीमा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गीतमा सत्यराज चौलागाईंको शब्द तथा सरोज पोख्रेलको संगीत रहेको छ । साजन कटेलले निर्देशन गरेको भिडियोको सम्पादन प्रकाश बरैलीले गरेका छन्।

विक्रम स्वारले कोरियोग्राफी गरेको प्रेमिल शैलीको यस गीतमा पछिल्लो समयका व्यस्त तथा चर्चित अभिनेता पल शाह,कलाकार रियाशा दाहाल र प्रकाश रमदाम फिचर्ड छन्। साथमा भिडियोमा बालकलाकार शौर्य विक्रम थापा र आयुष गुरागाईं पनि फिचर्ड छन्। भिडियो एसआरसी फिल्म्सको अफिसियल युट्युब च्यानल मार्फत सोमबार सार्वजनिक गरिएको छ।

Leave a Reply