युवराज चौलागाईंको स्वर रहेको ‘तिम्रो माया पाउन’को लिरिकल भिडियो सार्वजनिक(भिडियो)

गायक युवराज चौलागाईंको स्वर रहेको गीत ‘तिम्रो माया पाउन’को लिरिकल भिडियो सार्वजनिक भएको छ । गीतमा जयोति आले मगरको शब्द र राजकुमार बगरको संगीत रहेको छ । धेरै नै मार्मिक शब्द र मिठो आवाज रहेको गीतको लिरिकल भिडियो पनि राम्रो बनेको छ। यो गीतको अफिसियल भिडियो करिब दुई वर्ष अघि सार्वजनिक भएको थियो र दर्शकश्रोताले निकै रुचाएको गीत पनि हो । युवराज चौलागाईंकै युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा नायक पल शाह र आंचल शर्मा फिचर्ड छन् । गीतको अफिसियल भिडियो पनि युवराज चौलागाईंकै युट्युव च्यानल मार्फत हेर्न सक्नुहुन्छ । हेर्नुहोस् लिरिकल भिडियो:

Leave a Reply