सुमित पाठकको पहिलो गीत ‘समाचार’ सार्वजनिक

कोरीबाटी असार १८ :जी 21को अफिसियल युट्युब च्यानल मार्फत बिहिबार सुमित पाठकले आफ्नो पहिलो गीत सार्वजनिक गरेका छन् । नेपाल आइडलबाट चर्चामा आएका तथा गोल्डन माइक विजेता सुमित पाठकले ‘समाचार’ बोलको पहिलो गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा काली प्रसाद बास्कोटाको शब्द सङ्गीत रहेको छ । गीतको भिडियोमा सुमित पाठक र शिक्षा सङ्ग्रौला फिचर्ड छन् ।

जी 21 डिजिटलको सार्वजनिक गीत ‘समाचार’ पछि सुमित पाठक एक वर्षको लागी यसै कम्पनीमा आबद्ध भएका छन् । गीतको भिडियोलाई लोकेश बज्राचार्यले निर्देशन गरेका हुन । भिडियोमा असीम शाह कृएटिभ डिरेक्टर हुन् । सुमितले यस अघि विभिन्न कभर गीत गाइ सकेका छन् र उनलाई दर्शकले एकदमै माया र साथ पनि दिएका छन् । उनले जी 21 संग काम गर्न एकदमै सहज भएको र यही कम्पनी संग एक वर्षको लागी आबद्ध भएको जानकारी दिएका छन् ।

(भिडियो सहित्):

Leave a Reply