‘ह्रस्व दीर्घ’बाट बाहिरिए सलोन, नरेनदेखि आदर्शसम्म अनुबन्धित

नीता फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘ह्रस्वदीर्घ’बाट अभिनेता सलोन बस्नेत बाहिरिएका छन् । होम प्रोडक्सनको चलचित्र ‘जय हो’सँग सेड्युल जुध्ने भएपछि सलोनले ‘ह्रस्व दीर्घ’ छाडेका हुन् ।

सलोन बाहिरिएसँगै निर्माण टिमले चलचित्रमा अभिनेता नरेन खड्का, कमेडियन आदर्श मिश्रा, लक्ष्मी पौडेल, वसिम राजा अनुबन्धित गरेको छ । स्ट्यान्ड-अप कमेडियन आदर्शले ‘ह्रस्व दीर्घ’बाट चलचित्रमा डेब्यू गर्न लागेका हुन् ।

चलचित्रमा यसअघि द्वन्द्व साउथका ब्रह्मानन्दमदेखि ‘पुष्पा’का भिलेन सुनिल वर्मा, ‘गजनी’का भिलेन प्रदीपराज रावत, अली, अभिनेत्री विपना थापा, गरिमा शर्मा, सरोज खनाल, रविन्द्र झाका पनि अनुबन्धित भइसकेका छन् । द्वन्द्व निर्देशक चन्द्र पन्तले निर्देशन गर्ने चलचित्रमा अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाको प्रमुख भूमिका रहने छ ।

चलचित्रको केही दिनदेखि मुम्बईमा वर्कसप चलिरहेको छ । अहिले हरिहर र नीतासहित अन्य कलाकारहरु मुम्बईमा छन् । युवापुस्ताको प्रेमकथामा बन्न लागेको चलचित्र नेपाली र हिन्दी भाषामा निर्माण हुन लागेको छ । चलचित्रको छायांकन नेपाल, भारतको बनारस र युरोपका विभिन्न देशमा हुने छ ।

Leave a Reply