सिद्धार्थ मल्होत्रा सुटिङ सेटमा बाइक दुर्घटना

कोरीबाटी,काठमाडौँ

बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा आफ्नो अपकमिङ फिल्म ‘शेरशाह’ को सुटिङ सेटमा दुर्घटनामा परेका छन् । उनको चलचित्रको सुटिङ सेटमा बाइक राइडिङको क्रममा दुर्घटना हुन पुगेको हो ।

जनकारी अनुसार सिद्धार्थ र अर्का कलाकार शिव पण्डित बाइक राइड गरिहेका थिए, सोही क्रममा दुर्घटना हुन पुगेको हो, जहाँ सिद्धार्थको खुट्टामा चोट लागेको छ । मुम्बई मिररको एक रिपोर्टमा लेखिएको छ– ‘सुटपछि सिद्धार्थ र शिव बाइक राइडको लागि निस्किएका थिए । यसै क्रममा शिवले बाइक ब्यालेन्स गर्न नसकी चिप्लिन पुगेको थियो । सिदार्थ पछाडि बसेका थिए ।

तरपनि ब्रेक लगाउन कोसिश गरेका थिए । यसै क्रममा बाइक चिप्लिन पुग्यो, जसको कारण उनको हात र खुट्टामा चोट लागेको छ । उनीहरु दुवैले हेल्मेट लगाएका थिए, त्यसैले ठूलो दुर्घटना हुनबाट बच्न सफल बने ।’सोर्सका अनुसार दुर्घटनामा परी आफू घाइते हुँदा हुँदै पनि अभिनेता सिद्धार्थले सुटिङ सुरु गरिसकेका छन् ।

सिद्धार्थले भने– ‘फिल्मको शेड्युअल र स्केल देखेर मलाई ठीक हुन खासै समय लाग्दैन । यस प्रकारको दुर्घटनाहरु हुन्छन् । तर यो धेरै खतरा पनि हुनसक्छ । अब केही दिनमै ठीक हुन्छु भन्ने आशा छ ।’

‘शेरशाह’ फिल्ममा सिद्धार्थले दोहोरो भूमिका गरिरहेका छन् । यो फिल्म क्याप्टेन विक्रम बत्राको कहानीमा आधारित हुनेछ । फिल्मलाई विष्णु वरधानले निर्देशन गरिरहेका छन् ।

Leave a Reply