‘के घर के डेरा’को ओएसटी गीतमा डेरावाल र घरबेटीको समस्या

दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा’को टाइटल ट्रयाक सार्वजनिक भएको छ । सोमवार जी-२१ डिजिटलको यूट्युब च्यानलबाट सार्वजनिक भएको ओएसटी गीतमा काठमाडौंमा डेरा लिएर बस्नेले भोग्ने र काठमाडौंमा घर हुनेहरुको समस्यालाई प्रस्तुत गरेको छ । सार्वजनिक गीतमा शंकर थापा स्माइल र कोसिस क्षेत्रीको स्वर रहेको छ । भने, संगीत पनि गायकहरुको नै रहेको छ । त्यस्तै गीतको शब्द सुब्रत आचार्य, डी पी खनाल र कोसिस क्षेत्रीले रचेका हुन् । चलचित्रले सेन्सर बोर्डबाट युनिभर्सल प्रमाणपत्र पनि प्राप्त गरेको छ ।

तिहारलाई लक्षित गर्दै कात्तिक ४ गते प्रदर्शन हुने मल्टीस्टारर चलचित्रको सम्पूर्ण छायांकन काठमाडौंमा भएको हो । चलचित्रमा अभिनेता द्वय दयाहाङ राई र विपिन कार्की, सुरक्षा पन्त, रविन्द्र झा, वर्षा राउतसँगै लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रमा दिर्घ गुरुङको छायांकन, शंकर थापा स्माइलको संगीत, डिपी खनालको गीत रचना, दिर्घ खड्काको सम्पादन, याम प्रसाद वली प्रोडकसन डिजाइनर र तारानाथ न्यौपाले मुख्य सहायक निर्देशकको रुपमा रहनेछन् ।

ए प्लस इन्टरटेनमेन्दको व्यानरमा निर्माण हुने चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् । चलचित्रमा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहेका छन् । सिंगे लामाको कथा रहेको चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । काठमाडौंमा कोठा भाडामा लिएर बस्नेहरुको कथामा बन्न लागेको चलचित्रलाई जिजिए ग्रुप (करण श्रेष्ठ) ले वितरण गर्नेछ ।

Leave a Reply