‘लक्का जवान’मा नायक सबिन श्रेष्ठ

कोरीबाटी,काठमाडौं

चैत ७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लक्का जवान’मा नायक सबिन श्रेष्ठको इन्ट्री भएको छ । सबिन पछिल्लो समय चलचित्र क्षेत्रबाट हराएको हल्ला चलिरहदा ‘लक्का जवान’ले सविनालाई अगाडी ल्याएको छ । आफ्नो फेसबुकमा तस्बिर पोस्ट गर्दै आफु लक्का जवानमा अनुबन्धित भएको सबिनले खुलाएका हुन् । फिल्ममा सबिनको भूमिका कस्तो छ भन्ने बारे भने केहि खुलेको छैन् ।

कमेडी जनरामा निर्माण हुने चलचित्रमा दिलीप रायमाझी, शिवहरि पौडेल, किरण केसी, सुरेन्द्र केसी, प्रियंका कार्की, वर्षा सिवाकोटी, राजाराम पौडेललगायतको अभिनय रहनेछ । कविराज गहतराजको कोरियोग्राफी रहने चलचित्रको गीतमा बाबुल गिरीले संगीत भरेका छन् ।

आमा बङ्गालमुखी फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रलाई शिवहरि पौडेलले निर्देशन गर्दै छन् भने । किरण केसी, दीलिप रायमाझी र शिवहरी पौडेल कार्यकारी निर्मातामा रहेको फिल्ममा अनसुया श्रेष्ठ वन्त निर्मात्रीमा छिन् ।  सह-निर्मातामा राजाराम पौडेल, दीपेन्द्र खनिया, सुरेन्द्र केसी, सुशील अर्याल, डेजी अर्याल र राज केसी रहेका छन् । पुरुषोत्तम प्रधानले चलचित्रको छायांकन गर्ने छन् साथसाथै मित्र डि. गुरुङले सम्पादन गर्ने छन्  ।

Leave a Reply