रणवीर र आलियाको ‘ब्रम्हास्त्र’को मोशन पोस्टर सार्वजनिक

बलिउड अभिनेता अमिताभ बच्चन, रणवीर कपूर र अभिनेत्री आलिया भट्ट अभिनित चलचित्र ‘ब्रम्हास्त्र’को मोशन पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रको मोशन पोस्टर भारतको राजधानी नयाँदिल्लीको त्यागराज रंगशालामा लञ्च गरिएको हो ।

 

एक पौराणिक कथामा आधारित ‘ब्रम्हास्त्र’ भारतका पाँच भाषा हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नडमा उपलब्ध हुनेछ । अयान मुखर्जीले निर्देशन गरेको यो चलचित्रमा रणवीर एक सुपरहिरोको अवतारमा देखिने जनाइएको छ । चलचित्रमा अभिताभ र आलियाका साथमा साउथका सुपरस्टार नागार्जुन पनि मुख्य भूमिकामा छन् ।

Leave a Reply