‘मन्त्र’को ट्रेलरमा सौगात र दीयाको प्रेमकथा(भिडियो)

सौगात मल्ल,बुद्दि तामाङ र दिया पुन स्टारर चलचित्र ‘मन्त्र’को ट्रेलर सार्वजनिक गरिएको छ । हिमाली भेगको सुन्दर दृश्यहरु कैद गरिएको चलचित्र एउटा अर्गानिक नेपाली चलचित्र बनेको छ। चलचित्र गोरखाको मनास्लु क्षेत्र आसपासको कथाबस्तुलाई आधार बनाएर निर्माण गरिएको छ । मनास्लु क्षेत्रमा पहिलो पटक छायाँकन गरिएको चलचित्रका दृश्यहरुले दर्शकको मन जित्नेमा निर्माण पक्ष ढुक्क रहेको छ । गोर्खा जिल्लाको चुमनुब्री सामा गाउँ,बिरेन्द्र ताल र पुङ्गिन गुम्बा लगाएतका रमणीय दृश्यहरु कैद गरिएको छ। चलचित्र २०७९ साल बैशाख १६ गते बाट देशभर प्रदर्शनमा आउनेछ।

खिल बहादुर गुरुङ निर्देशित चलचित्रले हिमाली प्रेम कथा बोल्छ । यस चलचित्र मार्फत सौगात र दियाले पहिलो पटक स्क्रिन शेयर गरेका छन् । चलचित्रमा नमिता घिसिङ्ग,बिर बहादुर लामा,पासाङ्ग टि शेर्पाको पनि मुख्य भूमिका रहेको छ । देबेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको ‘मन्त्र’मा रविराज कार्की,सुरेश कार्की र सुभ श्रेष्ठको लगानी रहेको छ । राजेश जंगको सह निर्देशन रहेको चलचित्रमा सह निर्माताको रुपमा भिमसेन केसी र बिसेष सहयोगी अमृत थापा रहेका छन्। चलचित्रको डिजीटल राइट्स एट के एभरेस्ट मोसन पिक्चर्सले लिएको छ। यो चलचित्र गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रा.लि.को ब्यानरमा बनेको हो । गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् संगै डिभाइन इन्टरटेन्टमेन्ट र डि.एस प्रोडक्सनको सहकार्य रहेको छ।

Leave a Reply